भाद्र ३, २०८३ बुधबार August 19, 2026

भिभोको नयाँ स्मार्टफोन ‘भी २९ फाइभ जी’ सार्वजनिक

‘भी २९ फाइभ जीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२० हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागसिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘भी २९ फाइभ जी’ सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार नेपाली बजारमा उक्त स्मार्टफोन सार्वजनिक गरेको हो।

भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरासहितको स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ। ‘भी २९ फाइभ जीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२० हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ।’

उक्त स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फीलगायत विशेषता पनि रहेका कम्पनीले जानकारी दिएको छ। ‘नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउन आफ्ना ग्राहकहरूका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दसैं अफर ल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो ब्राण्ड सधैँ ग्राहकलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको बताए। ‘भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्तालाई निरन्तर आकर्षित गर्दै आइरहेको छ,’ उनले भने, ‘भी २९ फाइभ जीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो।’

कम्पनीले नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, ग्राहकलाई आकर्षक पुरस्कारसहति ‘आयो दसैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर पनि ल्याएको छ। उक्त अफर बिहीबारदेखि नोभेम्बर २१ सम्म लागू हने कम्पनीको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार