असार १२, २०८३ शुक्रबार June 26, 2026

पर्यटन दिवसका अवसरमा होटलहरुमा २० प्रतिशत छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरुलाई आकर्षित गर्ने भन्दै होटल एशोसिएसन अफ नेपाल (हान) ले २० प्रशित छुटको व्यवस्था मिलाएको छ ।

हानले आफ्नासदस्य होटलमा २० प्रतिशत छुट दिने भएको हो । पर्यटन दिवसको अवसरमा विदेशीपाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ । होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले खानामा मात्र छुट गरिएको हो ।

त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरबाट उक्त छुटको कुपन वितरण गरिनेछ । सेप्टेम्बर २७ का दिन पहिलोदेखि अन्तिम उडानमा आउने पर्यटकलाई यो कुपन दिइनेछ ।

सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौँमात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानले जनाएको छ । हानअन्तर्गत देशभर करीब दुई हजार होटल छन् ।

उता पर्यटन दिवसकै अवसर पारेर प्रमुख पर्यटकीय क्षेत्रठमेलमा सडक महोत्सव आयोजना गर्ने तयारी भएको छ । महोत्सवका अवसरमा विशेष छुटको व्यवस्था गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले दिवसका दिन सडक सांस्कृतिकमहोत्सव गर्ने र रात्रीकालीन सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको परिषद्का अध्यक्ष समीर गुरुङले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार