२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार १४ अर्ब नौ करोड रुपैयाँकोको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार आज सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिती जेठ सात २७ तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १२ अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।
सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ भदौ २३ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ साल जेठ २५ गते तोकिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया