असार २४, २०८२ मंगलबार July 8, 2025

लकडाउन यता बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लकडाउन यता बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीले लकडाउन शुरु भएदेखि २४ जेठसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकको अपरिस्कृत तथ्यांक अनुसार लकडाउन शुरु भएको दिन ११ चैतमा क, ख र ग वर्गका यि संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो । २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले बताएको छ ।

कर्जा लगानी अझै सुस्ताएको छ । २ महिना भन्दा लामो समय भएको लकडाउनमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिएका छन ।

११ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । त्यो बढेर २४ जेठमा ३२ खर्ब २९ अर्ब रुपैयाँमात्रै पुगेको प्रवक्ता भट्टले बताएका छन ।

लकडाउनमा आर्थिक क्रियाकलापहरु ठप्प भएका कारण बैंकहरुमा कर्जा लगानी कम भएको हो ।

पछिल्लो समय बैंकमा कर्जा लिन आउनेको संख्या अत्यन्तै न्यून रहेको बैंकर्स संघका कार्यकारी सदस्य तथा सनराइज बैंकका सीईओ जनकराज पौड्याल बताउछन् ।

बैंकमा पछिल्लो समय भीड लागेको बताएका उनले बैंकमा आएका अधिकांश निक्षेप जम्मा गर्नेहरु रहेको उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार