मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

पैसा लिएर घर नबनाउनेलाई कारबाही गरिदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनेपा,के तपाईले भुकम्प पिडीतको रुपमा सरकारसँग राहतका लागि भन्दै पहिलो किस्ता लिनु भएको छ ।

यदि पहिलो किस्ता लिएर घर बनाउनु भएको छैन भने तपाई नक्कली भुकम्पपिडीतको सुचिमा पर्नु हुनेछ । नक्कली भुकम्प पिडीतको सुचिमा पर्नुभयो भने तपाईले आफुले लिएको पैसा अबको एक महिनामा सरकारलाई नै फिर्ता गर्नुपर्ने छ ।

एक महिनामा फिर्ता नगरे कारबाही भोग्न समेत तयार हुनुपर्ने छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुखकार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजितअन्तरक्रिया कार्यक्रममा प्रमुख ज्ञवालीले पैसा लिएर काम नगर्ने र एकै परिवारमा तथा एकठाउँमा पक्की घर भई अर्को ठाउँको घर भत्केकाको पैसा लिएर बसेकालाई एउटा विधिबनाएर कारवाहीको थालनी गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

वास्तविक भुकम्प पिडितका लागि सरकारले छिटो भन्दा छिटो सेवा दिन चाहिरहेको भन्दै त्यसका लागि आफुप्रतिवद्ध भएर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा स्थानीयहरुले स्थानीय स्तरबाटभैरहेको ढिलाईका कारण घर निर्माणमा समस्या भएको गुनासो राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार