जेठ ७, २०८१ सोमबार May 20, 2024

संसदमा बजेटमाथि छलफल जारी, संविधान संशोधन प्रस्ताव प्रस्तुत हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।

बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम छ । यसअघि सोमबार १३ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल भएको थियो ।

आगामी बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकमाथि पनि छलफल हुने जनाइएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान ९दोस्रो संविधान० विधेयक २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया