काठमाडौँ । सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा ८८ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८७ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर बुधबार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया