बैसाख १९, २०८३ शनिबार May 2, 2026

प्रधानमन्त्री केपीद्वारा संसदमा देखिएको एकताप्रति आभार प्रकट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा संसदमा देखिएको एकताप्रति आभार प्रकट गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उहाँले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट असाधारण राष्ट्रिय एकता देखिएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभएको हो । दलिय व्यवस्था र संसदीय अभ्यासमा राष्ट्रिय एकताका परिस्थितिहरु कहिलेकाही मात्रै देख्न पाईने भन्दै उहाँले राष्ट्रिय समस्यासंग जुध्न र साझा चुनौतिको सामना गर्न संसद जिम्मेबार र एकताबद्ध भएर हिड्न तयार र सक्षम छ भन्ने कुराको संदेश दिएको भन्दै उहाँले संसदमा उपस्थित राजनीतिक दल र सांसहरुप्रति धन्यवाद र आभार व्यक्त गर्नुभयो ।

साथै नेपाली भूमि र भूमि माथिको न्यायोचित हक अधिकार र हक स्थापित गर्ने साझा विषयमा संसदबाहिर देखिएको एकताप्रति पनि उहाँले सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो । पुर्खाले लडेर बचाएको देश भएकाले वर्तमान अवस्थमा राष्ट्रियताको विषयमा अडिन सक्नुपर्ने र त्यसका लागि सबैको ऐक्यवद्धता प्राप्त राम्रो विषय भएको बताउनुभयो । उहाँले राष्ट्रियताको सवालमा कसैलाई देवकत्वकरण गर्ने भन्ने सवाल नै नभएको भन्दै उहाँले लामो समय देखि जनस्तरबाट उठेको राष्ट्रियताको सवालमा फलाकिलो भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साझा विषय बनाएर सबैको एकताका साथ गरिने कामको जस सबैलाई जाने बताउनुभयो ।

उहाँले भन्नुभयो “कसैले जस पाउला कि भनेर चिन्ता गर्नुपनि पर्दैन को जसबाट छुट्ला कि भन्ने चिन्ता मान्नु पर्दैन । ”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार