काठमाडौँ । सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच रुपैयाँले बढेर ८९ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार एक सय ६० रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया