असार २४, २०८२ मंगलबार July 8, 2025

सडक पूर्वाधार निर्माणमा विश्व बैंकले नेपाललाई ५४ अर्ब २८ करोड रुपैयाँ ऋण उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सडक पूर्वाधार निर्माणमा खर्च गर्ने गरी विश्व बैंकले नेपाललाई ५४ अर्ब २८ करोड रुपैयाँ (४५ करोड अमेरिकी डलर) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

विभिन्न सडक पूर्वाधारको स्तरोन्नतीबाट सुरक्षित यातायातको विकास, थप रोजगारी सिर्जना र अन्तरदेशीय व्यापारका माध्यमबाट कोभिड १९ले अर्थतन्त्रमा पारेको असर न्यूनिकरणमा यो सहायता उपयोगी हुने विश्वास विश्व बैंकको रहेको छ ।

यो रकम नेपालको रणनीतिक सडक आयोजनामा खर्च हुने भएको छ । विश्व बैंकको बोर्डले ऋण स्वीकृति गरेको हो ।

नागढु्रंगा/नौबिसे/मुग्लिङ सडक सुधार, कमला/ढल्केवर/पथलैया सडक आयोजनाको स्तरोन्नतिमा यो रकम उपयोग गरिने भएको छ ।

यसले भारतसँगको नेपालको सडक संजाल मजवुत गराउने छ । विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसले कोभिड १९ का कारण स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा बजारीकरणको बिस्तारमार्फत कोरोनाबाट परेको क्षति कम गर्न यो सहायताले मद्दत गर्ने उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार