असार २४, २०८२ मंगलबार July 8, 2025

कोरानाबाट जोगिने स्वास्थ्य सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
३० जेठ, काठमाडौँ । कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।
मेगा बैंकका ग्राहकहरुलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।
मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैंयासम्म छुटको व्यवस्था गरिएको छ । रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्नेछन् ।
देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार