३० जेठ, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य स्थिर रहेको छ ।
आज छापावाला सुनको मूल्य स्थिर रहि प्रतितोला ८९ हजार ६०० कारोवार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि विहिबार पनि सुन प्रतितोला ८९ हजार ६०० मा नै कारोवार भएको थियो ।
आज तेजावी सुनको मुल्य ८९ हजार १६५ रहेको महासंघले जानकारी दिएको छ ।
त्यस्तै शुक्रबार चाँदीको मुल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ९३५ रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया