श्रावण १२, २०८१ शनिबार July 27, 2024

बागदरबार नभत्काउन अन्तरिम आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ऐतिहासिक महत्व बोकेको सुन्धारामा रहेको राणाकालिन दरबार बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पुरातत्व विभागले काठमाडाँै महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुेपर्ने भएकाले हुँदा तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न आदेशमा भनेको छ ।

साथै, आदेश लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनेको छ ।

बाग दरबारमा काठमाडौं महानगरपालिका बस्दै आएको थियो । भुकम्पले क्षति पु¥एको सो भवन हाल अलपत्र अवस्थामा रहेको छ । सरकारले यसलाई पुननिर्माणका लागि भन्दै भत्काउने तयारी गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार