जेठ ६, २०८१ आइतबार May 19, 2024

प्रदेश नम्बर २ सरकारको नीति तथा कार्यक्रम पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७-७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रमलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे । सभामुख सरोजकुमार यादवले सो प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत प्रतिपक्षी दलका सभासदहरुले नीति तथा कार्यक्रमको विरोध गर्दै प्रस्तुत गर्नुभएको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलीपकुमार साह, शिवचन्द्र चौधरी, गोविन्दबहादुर न्यौपाने, रुबीकुमारी कर्ण, नरेशकुमार यादव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङलगायतकाले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । गत बुधबारको बैठकमै प्रस्तुत गरिने कार्यसूचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारूढ दलका सांसदहरु अनुपस्थित रहँदै आएका थिए । प्रदेशसभाको अर्को बैठक असार १ गते साँझ ५ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार