असार २४, २०८२ मंगलबार July 8, 2025

मोटर बीमा शुल्कमा लाग्दै आएको छुट आजदेखि हट्यो, यस्तो छ नयाँ व्यवस्था (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिको बीमा शुल्क छुट हुने व्यवस्था आजदेखि लागू नहुने भएको छ।

बीमा समितिले लकडाउनका कारण सवारी साधन थन्किएको भन्दै बीमा शुल्कमा छुट दिने व्यवस्था गरेको थियो । असार एक गतेदेखि लकडाउन खुकुलो बनाउने सरकारको निर्णय भएसँगै बीमा कम्पनीले लकडाउन अगाडिकै बीमा शुल्क लिन पाउने भएका छन् ।

यस अवधिमा गरिएको छुट बापतको रकम असार एक गतेपछि भुक्तानी गर्नुपर्ने नियमित बीमा शुल्कमा घटाउने व्यवस्था गरिएको छ ।  बीमा समितिले आइतबार निर्देशन जारी गर्दै यसअघिको छुटको व्यवस्थालाई जेठ मसान्तसम्म मात्रै कायम गरेको जनाएको छ।

विमा समितिका कार्यकारी निर्देशक राजु रमण पाैडेलले आइतबार एक सर्कुलर जारी गरी इजाजतप्राप्त सबै बीमा कम्पनीहरूलाइ यस्तो निर्देशन दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार