काठमाडौँ । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार, शुक्रबार र आइतबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार छ सय रुपैयाँमा कारोबार भउको थियो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार दुई सय ट५ रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया