असार २६, २०८२ बिहिबार July 10, 2025

दशैका लागि बाटो बनाउँदै बेलकोटगढी नगरपालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले दशैका लागि स्थानीय बाटोहरु मर्मत तथा सभा गर्न थालेको छ । नगर कार्यपालिकाको बैठकले दशैमा स्थानीय सडकहरु सफा गर्ने भन्दै प्रत्येक वडालाई ७ लाख दिने निर्णय गरेसँगै वडा कार्यालयहरुले धमाधम बटो सफा गर्न थालेका छन् ।

सात लाख मध्ये पाँच लाख बाटो सफा गर्नेका लागि खर्च गर्नुपर्नेछ भने दुई लाखको हिमपाईप खरिद गर्नुपर्ने छ । हिमपाईप नगरपालिकाले नै खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको नगर प्रमुख राजेन्द्ररमण खनालले युग खबरलाई जानकारी दिनुभयो । यस्तै बाटो सफा गर्नका लागि पनि डोजरका लागि टेन्डर आह्वान गरिएको थियो ।

नगरपालिकाले टेण्डर आह्वान गरे अनुसार ४१ सय र २१ सय मा सम्झौता भएको छ । ठुलो अर्थात टु ट्वान्टी डोजरलाई ४१ सय भुक्तानी गरिने छ भने सानो डोजरका लागि २१ सय भुक्तानी गरिने निर्णय भएको वडा नं५ का वडा अध्यक्ष अनन्त नेपालले जानकारी दिनुभयो । उहाका अनुसार जोडरको सञ्चालनका लागि मेन प्याईन्टमा जनप्रतिनिधिको रोवरमा नम्बर चेक गरेपछि अन्त्यमा सोही नम्बरको आधारमा भुक्तानी गरिने छ ।

स्थानीय बाटोहरु बर्खाका समयमा पानीले बगाएर गाडीहरु चल्न नसक्ने भएपछि नगरपालिकालेदशैमा सर्वसाधारणको आवातजावतलाई ध्यानमा राखेर बाटो सफा गर्ने निर्णय गरेको जनाइएको छ । यसैबीच नगरपालिकाको यो निर्णयमा कतिपय वडा अध्यक्षले नोट अफ डिसेन्ट लेख्ने भन्दै नगर प्रमुख समक्ष असहमति प्रकट गरेपनि मेयर खनालले निर्णय गर्ने अडान लिएपछि वडा अध्यक्षहरुले सहि गरेका थिए ।

नगर प्रमुख खनालले आफ्नो पार्टीका वडा अध्यक्षहरुको असहमतिका बीच निर्णय गरेपछि नेकपामा नगर प्रमुखका विषयलाई लिएर बहस सुरु भएको एक वडा अध्यक्षले युग खबरलाई बताए । उनका अनुसार नगर प्रमुखको विरोधमा समानान्तर कमिटि बनाउने चेतावनी समेत दिइएको छ । स्मरणीय छ सो नगरपालिकामा निर्वाचित केही वडा अध्यक्षहरुे आफैले डोजर किनेर गाउँमा सञ्चालन गरिरहेका छन् । नगरपालिकाको यो निर्णयले भ्रष्टाचार कम हुने भएकाले निर्णयको बिरोध गर्नुको तुक नभएको वडा नं ५ का वडा अध्यक्ष अन्नत नेपालले बताउनुभयो । उहाले भन्नुभयो–हिजो एउटा डोजरको ५ हजारसम्मको बिल बनेको अवस्था थियो नगरपालिको निर्णयले त्यस्तो गलत प्रवृतिको अन्त्य भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार