श्रावण २५, २०८३ सोमबार August 10, 2026

महिलाका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सांसदहरूको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महिलाका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

सांसदहरुले कैलालीमा क्वारेनटिनमा रहेकी महिलामाथि सामूहिक बलात्कार भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै क्वारेनटिनमा बस्ने महिलाको सङ्ख्या कम भएकाले उनीहरूका लागि छुट्टै क्वारेनटिनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

सांसदहरू दिलकुमारी रावल थापा पार्वती, प्रकाश पन्त र महेशकुमार महराले देशभरिको क्वारेनटिनको अवस्था नाजुक रहेका भन्दै त्यसको सुधार गर्न र कैलालीमा क्वारेनटिन भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन ।

सांसद मायाप्रसाद शर्माले वैदेशिक रोजगारीमा गएका जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका वीरबहादुर कामीको यही जेठ १५ गते मलेसियामा मृत्यु भएको भन्दै शव घरमा ल्याइदिन सरकारको ध्यानाकर्षण गराएका छन ।

बैठकमा समय माग गरी सांसद भैरवसुरन्दर श्रेष्ठले रुकुममा घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम रिपोर्ट चित्त बुझ्दो नभएको भन्दै जाजरकोटको जिल्ला स्वास्थ्य कार्यालय अगाडी भएको स्थानीयको प्रदर्शनमा प्रहरीले दमन गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार