काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एकलाख ४० हजार घुससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले उहाँलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।”
पछिल्लो समय मुलपानीमा सञ्चालित जुवाघरमा समेत उनले संरक्षण गरेको रहस्य खुलेको थियो । सो जुवाघरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा दुई जनाएको मृत्यु समेत भएको थियो । सो घटना भएको भोलिपल्ट राई अर्को घटनामा पक्राउ परेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया