असोज २८, २०८३ बुधबार October 14, 2026

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट आज पारित हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रियसभाले बिहीबार संविधान संशोधन विधेयक पारित गर्दैछ । तल्लो सदन प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिका आधारमा पारित भएको विधेयकमाथि त्यसको भोलिपल्ट राष्ट्रियसभामा छलफल भएको थियो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ टेबुल गरेपछि जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा विधेयकमाथि छलफल भएको थियो । सोही दिन नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो ।

७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले बिहीबार विधेयक पारित गर्ने तयारी गरेको हो । राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।

सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन विधेयक पेश भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार