असार २१, २०८२ शनिबार July 5, 2025

गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ ः महानिरीक्षक खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल प्रहरीका प्रमुख तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी संगठन बदनाम हुन पुगेको भन्दै त्यस्ता प्रहर िअधिकारीलाई कारबाहीगरिने बताउनुभएको छ ।

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले संगठनभित्र गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी संगठन राम्रो नहुने भन्दै अब आफुले त्यस्ता प्रहरीलाई कारबाही गरेर देखाउनु प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महानिरीक्षक खनालले नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरुबस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताउनुभयो ।

असोज १७ देखि सञ्चालन भएको खेल आज सकिएको हो । कूल १० टोली रहेको उक्त खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले हराएको थियो ।

प्रतियोगिताको प्रथम टिमलाई रु ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई दश हजार नगद प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार