असोज ९, २०८३ शुक्रबार September 25, 2026

कोरोनाले काँग्रेसको १४औं महाधिवेशन अन्योलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौः अंगीकृत नागरिकताबारे पार्टीको धारणा तय गर्न आइतबार कांग्रेसको पदाधिकारी बैठक बस्यो। बैठक सकिने बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको विषय उठाए। ‘पार्टीको महाधिवेशबारे के गर्ने ? , कार्यतालिका संशोधन गर्नुपर्‍यो। महाधिवेशनको काम अगाडि बढाउनुपर्‍यो’, नेता पौडेलले सभापति शेरबहादुर देउवालाई भने, ‘बैठक बोलाएर महाधिवेशनको तयारी अगाडि बढाउनुपर्‍यो।’ उनले त्यसअघि बुधबारको बैठकमा पनि महाधिवेशको कुरा उठाएका थिए।

कोरोना भाइरस फैलिन नदिन सरकारले चैत ११ मा लकडाउन सुरु गरेपछि कांग्रेसभित्र महाधिवेशनको विषय ओझेल पर्दै आएको छ। अघिल्लो वर्ष पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर, यही अवधिमा कोरोनाको असर देखिएपछि चैत ९ गतेदेखि महाधिवेशनका सबै गतिविधि रोक्दै कांग्रेसले कोरोनाबारे सचेतना कार्यक्रम गर्न नेता-कार्यकर्तालाई निर्देशन दिएको थियो।

कोरोनाको असर लामो समय देखिन सक्ने र लकडाउन पनि लम्बिने देखिएपछि नेता पौडेल आन्तरिक कार्यतालिका संशोधन गरेर तत्काल महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्। उनले पछिल्लो समय महाधिवेशनको विषयलाई पार्टीका नेताहरू र अन्य फोरममा पनि उठाउन सुरु गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकले खवर प्रकाशित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार
पहिरो र जलसतह बढेपछि कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ असोज ९, शुक्रबार