श्रावण ३१, २०८३ आइतबार August 16, 2026

नेपाल आँखा अस्पताल ५० वर्षमा : एक लाखको शल्यक्रिया

सरकारी अस्पतालमा १४ हजार ९९४ जना विद्यार्थीको दृष्टि परीक्षण गरी एक हजार १० जनालाई निः शुल्क चस्मा वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, चैत २५ गते।नेपाल आँखा अस्पतालमा आँखाको उपचार गराउनेको बिरामीको सङ्ख्या बढ्दै गएको छ।

अस्पतालको ५० औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गर्दै अस्पतालकलका बोर्ड सचिव युद्धध्वज सापकोटाले चार वर्षदेखि आँखाको उपचार गराउनेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो।

उहाँका अनुसार अस्पतालले ५० वर्षमा ३४ लाख ३८ हजार पाँच सय ७२ जनाको आँखाको उपचार गर्नुका साथै एक लाख ३७ हजार १७४ जनाको आँखाका विभिन्न समस्याको शल्यक्रिया गरेको छ। अस्पताल २०३० चैत २६ गते  स्थापना भएको हो।

अस्पतालमा चार सयदेखि सात सय जनाले बहिरङ्ग सेवा लिर्दै आएका छन्। गत आर्थिक वर्षमा अस्पतालमा एक लाख ५४ हजार बिरामीले सेवा लिएका थिएका मध्ये ११ हजार बिरामीको आँखाको शल्यक्रिया गरिएकाेमा उहाँले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०८०/८१ मङ्सिरसम्म एक लाख एक हजार ७३४ जना बहिरङ्ग,दुई हजार ७३५ जनाले इमर्जेन्सी सेवा लिएका छन्।  त्यस्तै १६ वर्ष मुनिका बालबालिकालाई १५ हजार ४० जनाले आँखा उपचार गराएको तथ्याङ्क रहेको छ। आठ महिनामा तीन हजार ५९८ जनाको शल्यक्रिया गरिएको छ। आँखा शिविरबाट ७२१ जनाले सेवा लिएका छन्।

सरकारी अस्पतालमा १४ हजार ९९४ जना विद्यार्थीको दृष्टि परीक्षण गरी एक हजार १० जनालाई निः शुल्क चस्मा वितरण गरेको सापकोटाले जानकारी दिनुभयो।

अस्पतालका बोर्डका अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले अस्पतालले गत वर्षदेखि कम तौल र समय अगावै जमेका  बच्चामा हुने दृष्टि पर्दाको रोगको उपचार सुरु गरेको जानकारी दिनुभयो। हालसम्म अस्पतालले चार सय बच्चाको आँखा जाँच गरिएका मध्ये ३५ जनाको उपचार र एक जनाको शल्यक्रिया गरेको छ।

अस्पताल रहेको काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ लाई मोतीबिन्दुमुक्त बनाउन अभियान चालिएको डा. पोखरेलले जानकारी दिनुभयो।

यस अभियानमा अहिलेसम्म एक हजार भन्दा बढीको उपचार भइसकेको र ३४ जनाको शल्यक्रिया भएको पनि अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।  यदि  अभियान सफल भएमा महानगरका अन्य वडामा पनि सेवा विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो।

साथै दुई बजेपछि बहिरङ्ग विभागमा आउने बिरामीलाई मध्यनजर गर्दै अस्पतालले वैशाख १ गतेबाट २ बजेदेखि ५ बजेसम्म निजी क्लिनिक सञ्चालन गर्ने भएको छ।

डा. पोखरेलका अनुसार आगामी चार वर्षमा बिरामीको वृद्धिदरलाई मधयनजर गर्दै थप भौतिक पूर्वाधार र जनशक्ति थप गर्ने योजना रहेको जिकिर गर्नुभयो।

डा. पोखरेलका अनुसार अस्पतालमा पाँच वटा शल्यक्रिया कक्ष सञ्चालनमा रहेका छन् थप एक शल्यक्रिया कक्ष विस्तार गर्ने योजना छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार