श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

ऋचाले अंश दाबी नगरेपछी सहमतिमै सम्बन्ध विच्छेद भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायक निशान भट्टराई र मोडल ऋचा  न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । दुवैले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ ।

नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहेका निशानले  २०७७ सालमा रिचासँग कानुनी विवाह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया