असोज २८, २०८३ बुधबार October 14, 2026

कांग्रेसले धम्कीपूर्ण भाषा प्रयोग गरेकोमा आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अंगीकृत नागरिकतासम्बन्धी नयाँ व्यवस्थाले राजनीतिक दुर्घटना हुने प्रमुख विपक्षी नेपाली कांग्रेसको चेतावनीको प्रतिवाद गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा नेकपा सांसद वेदुराम भुसालले धम्कीपूर्ण भाषा प्रयोग भएको भन्दै आपत्ति जनाएका छन ।

आइतबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी बसोबास गरेपछि अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका थिए । नेकपाले नेपाललाई चीनको झोलीमा लैजान खोजेको र यसले राजनीतिक दुर्घटना हुने उनको चेतावनी थियो ।
तर नेकपा सांसद भुसालले कांग्रेस सांसद देवको नाम नलिए उनको दाबीको खण्डन गरेका छन् । राजनीतिक अधिकार बाहेक स्थायी आवासीय अनुमति पत्र दिने भनिएको भन्दै उनले भने, ‘राजनीतिक अधिकार प्राप्त गरेपछि मात्र सांस्कृतिक सम्बन्ध राम्रो हुन्छ भनिएको हो । होइन भने अरु अधिकार दिइएको छ ।’

उनले नेपाललाई चीनको झोलीमा लैजान खोजेको भन्ने अभिव्यक्तिको आलोचना गरेका छन् ।

चीनसँगको हरेक बहसलाई नकारात्मक हेर्ने गरिएको भन्दै उनले भने, ‘कोदारी राजमार्ग बन्दै गर्दा पनि यही कुरा उठाइएको थियो । नेपालमा नाकाबन्दी गर्दा पनि त्यही कुरा उठाइएको हो । आज पनि नेपाललाई त्यतैतिर लैजान खोजिएको हो ।’

उनले अघि भने, ‘के नेपालसँगै भारतको चंगुलमा बस्नुपर्छ, त्यसो होइन भने नेपालले स्वतन्त्र ढंगले निर्णय गर्दा भारतबाट टाढा भएको किन भनिन्छ ? किन चीनतिर ढल्कियो भनिन्छ ?’

यो कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कुनै कारण नभएको नेकपा सांसद भुसालले बताएका छन । उनले भने, ‘के भारतसँग जोडिएन ? भारतको छोटे भाइ भएन भनेर मुठभेड गराउन खोज्दै हुनुहुन्छ ? त्यसमा पनि नेपाली हुँ भन्नेहरु नै मुठभेड गराउँछौं, आगो लगाउँछौं भन्नुको कारण मैले बुझेको छैन ।’

भारतमा पनि भारतीय नागरिकसँग बिहे गरेकोे ७ वर्षपछि मात्र नागरिकताका लागि आवेदन दिने व्यवस्था रहेको र अरु देशमा पनि त्यस्तै व्यवस्था रहेको भन्दै नेकपा सांसद भुसालले यसको विरोध गर्नुको कुनै तुक नभएको बताएका छन । कांग्रेसले राजनीतिक अभिष्टका लागि मात्र नयाँ व्यवस्थाको विरोध गरेको उनको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार