असोज २८, २०८३ बुधबार October 14, 2026

प्रतिनिधी सभा बैठकमा पाँचओटा विधेयक पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचओटा विधेयक पेस गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको लोक सेवा आयोग विधेयक, २०७५, लोक सेवा आयोग विधेयक, २०७५ राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६  र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ पेस गर्ने भएका हुन् ।

त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले  भन्सार विधेयक, २०७७ पेस, अर्थ समितिको प्रतिवेदनसहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

त्यस्तै, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा उत्पत्ति भएका  विनियोजन विधेयक, २०७७, आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७, ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ राष्ट्रिय सभाबाट पारित भएको जानकारी गराउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार