असोज १४, २०८३ बुधबार September 30, 2026

राष्ट्रपति भण्डारी सोमबार कतार जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गर्नुहुने भएको छ । आगामी सोमबार कतार प्रस्थान गर्ने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कतारका राष्ट्राध्यक्ष अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको जनाइएको छ । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ ।

त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।

राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने तयारी भएको छ ।

भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनेछन्। उनी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार