भाद्र २८, २०८३ आइतबार September 13, 2026

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता,स्थायी कमिटी बैठकका एजेण्डामा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको भेटवार्तामा पार्टीको भोलिदेखि सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डामा छलफल भएको छ ।

भोलिदेखि सुरु हुने बैठकमा एमसिसी, सीमा विवाद, कोरोना भाइरसविरुद्धको अभियान र सरकार तथा पार्टी नेतृत्वको कार्यशैलीका विषयमा छलफल गर्नेगरी अध्यक्षद्वयबीच छलफल भएको छ । वैशाख ८ गते पार्टी विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि सुरु भएको नेकपा विवाद उत्कर्षमा पुगेको छ ।

आजको भेटवार्तामा पनि भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डामा सहमति नजुटेको स्रोतको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कोरोनाविरुद्धको अभियानमा मात्र छलफल गर्ने चाहना राखेका छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी प्रचण्डसहित बुहसंख्यक नेताहरु समग्र विषयमा छलफल गर्नुपर्ने पक्षमा रहेका छन् । त्यसैले अहिलेसम्म पनि एजेण्डा तय नभएको स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार