असोज ९, २०८३ शुक्रबार September 25, 2026

एसईईको मूल्याङ्कन कार्यविधि तयार ,त्रैमासिक र अन्तिम परीक्षाका आधारमा अंक निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन गर्ने आधार निधो भएको हो ।

योसँगै अव विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्ने भएको हो ।

यसका साथै मूल्याकन समिति गठन गर्ने प्रावधान कार्यविधिले तय गरेको छ । समितिमा सम्वन्धित विद्यालयको प्रधानअध्यापक अध्यक्ष तथा सम्वन्धीत कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने प्रावधान तय गरिएको छ । समितिले अन्तिम मूल्याकनको प्रमाणित गर्ने काम पनि गर्नेछ ।

विद्यालयले विद्यार्थीको मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । बोर्डले विद्यार्थीको अन्तिम नतिजाको प्रकाशन गर्नेछ । नतिजा प्रकाशित नगरेसम्म विद्यालयले गरेको विद्यार्थीको मूल्याङ्गन गोप्य राख्नुपर्ने कार्यविधि बनाइएको छ ।

यसपटक नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुन परीक्षण गराउने तथा पुरक ग्रेडबृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरुले दिएका छन् । यसअघि सरकारले २०७६ सालको माध्यमिक शिक्षा ९एसईई० परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता दिने निर्णय गरेको थियो ।

तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अघि बढ्न सकेको थिएन । तर अव भने विद्यालयहरुलाई विद्यार्थीको मूल्याङ्कन गर्ने बाटो खुलेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाउने जिम्मेवारी दिएको समाचार आजको गोरखापत्रमा शेषकान्त पण्डितले लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार