असार २५, २०८२ बुधबार July 9, 2025

एनआईसी एशिया लघुवित्तको साधारण सेयर (आईपीओ) बिक्री खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुन लागेको लघुवित्तको आईपीओमा असार आज देखि १४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ । १४ गतेसम्म सबै सेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिने समय रहने लघुवित्तले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले लघुवित्तको सेयरमा कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले सेयर निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो हो ।

लघुवित्तले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले ग्रेड ४ प्लस दिएको छ । जसले लघुवित्तको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

एनआईसी एशिया बैंकको सहायक कम्पनीका रूपमा जाजरकोटको खलङ्गामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १९ करोड १८ लाख खुद मुनाफा आर्जन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार