भाद्र २८, २०८३ आइतबार September 13, 2026

नेकपा बैठकको कार्यसूची बैठकको अन्तिम समयमा तय,एमसीसीबारे निर्णय हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दुई अध्यक्षबीच कुरा नमिल्दा स्थायी कमिटी बैठकको एजेण्डासमेत तय हुन नसकेका बेला आजदेखि शुरु नेकपा बैठकको कार्यसूची बैठकको अन्तिम समयमा तय भएको छ ।

सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेश गर्नुपर्ने हो । तर, दुई अध्यक्षबीचमै सहमति हनु नसकेका कारण यसपटक राजनीतिक, सांगठानिक प्रतिवेदनसमेत तयार भएको छैन ।

नेकपा बैठकको शुरुमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ । बैठकमा सरकारको कामको समीक्षा हुनेछ ।

जसमा कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सिमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका काम लगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डामा राखिएको महासचिव बिष्णु पौडेलले बताएका छन ।

नेकपाको यो बैठकमा सरकारको आलोचना र प्रधानमन्त्रीको राजीनामा माग्नेसम्मको तयारी प्रचण्ड र माधव नेपाल पक्षको छ ।

एमसीसीका सन्दर्भमा पनि प्रचण्ड नेपाल पक्ष परिमार्जनविना पारित गर्न नहुने पक्षमा उभिएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार