असोज ९, २०८३ शुक्रबार September 25, 2026

लकडाउनको ३ महिनाः १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो ।

तर, चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक र अन्तर्राष्ट्रिय गरी १ हजार ८ सय ११ वटा चार्टर्ड उडान भएका छन । ती उडानमा २४ हजार ६ सय ८३ जना यात्रुले सेवा लिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको चार्टर्ड उडानको अनुमति दिने हवाई यातायात महाशाखाले शनिबार राति जारी गरेको तथ्यांक अनुसार १ हजार ८ सय ११ चार्टर्ड उडान मध्ये १ सय ६४ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ हजार ६ सय ४७ आन्तरिक उडान छन् । आन्तरिक चार्टर्ड उडानमध्ये १ हजार २ सय ८० घरेलु वायुसेवा कम्पनीका जहाजले गरेका थिए भने ३ सय ६७ वटा हेलिकप्टरबाट गरिएका आन्तरिक उद्धार उडान रहेका महाशाखाले जनाएको छ ।

लकडाउनको पहिलो तीन महिनामा भएको यात्रु आवागमन अन्तर्गत अन्तर्राष्ट्रियतर्फ २१ हजार ४ सय ९९ यात्रुले ओहोरदोहोर गरेका छन् । अध्यागमन विभागका अनुसार, नेपालबाट फर्किने १३ हजार ७५ यात्रु नेपालसहित कम्तीमा ७९ मुलुकका नागरिक हुन् । त्यस्तै, विदेशबाट ८ हजार ४ सय २४ जना हवाइ जहाजमार्फत नेपाल आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र छाउनीका अनुसार नेपाल आउनेमा २१ वटा मुलुक हुँदै फर्केका ९५ प्रतिशत भन्दा बढी नेपाली नागरिक हुन् । त्यसरी नेपाल आउनेमा अधिकांस श्रम गन्तव्यमा अलपत्र परेका नेपाली छन् ।

तीन महिनाको यो अवधिमा हेलिकप्टरले ३ सय ६७ वटा उडान गरेको छ । काठमाडौंबाट भएका अधिकांस ती चार्टर्ड उडानबाट ४ सय ४० जनाले ओहोरदोहोर गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाका अनुसार यिनमा विदेशी पर्यटक तथा बिरामीको उद्धार संख्या बढी छ ।

९ वटा घरेलु वायुसेवा कम्पनीलाई व्यवसायिक उडानमा रोक लगाइए पनि ७ वटा कम्पनीका विमानले विशेष अनुमति लिएर १ हजार २ सय ८० वटा उडान गरेका छन् । ती उडानबाट १ हजार ५ सय २१ टन खाद्यान्‍न, औषधि, निर्माण सामग्री लगायतको कार्गो ढुवानी भए । कार्गोबाहेक यी विमानले २ हजार ७ सय ४४ यात्रुलाई ओसारेको खबर आजको कान्तिपुरले छापेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार
पहिरो र जलसतह बढेपछि कालीगण्डकी करिडोर अवरुद्ध
२०८३ असोज ९, शुक्रबार