कार्तिक १५, २०८३ आइतबार November 1, 2026

राजन राज सिवाकोटीको ‘तिमी उता म यता’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चर्चित गायक संगीतकार राजन राज सिवाकोटी र चर्चित गायिका मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

‘तिमी उता म यता’ बोल को यस गीतमा शब्द संगीत राजन राज शिवाकोटीको रहेको छ, भने गायिका मिलन नेवारसँग युगल गायनका रुपमा राजन आफैँ अभिनयमा देखा परेका छन।

केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक-आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ। भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छी छोरी आरीश्मा शिवाकोटीको पनि अभिनय रहेको छ।

भिडियो हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया