चैत्र १६, २०८० शुक्रबार March 29, 2024

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना गरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोल्पुटार । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा नुवाकोटमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ। सुरक्षित र दिगो यात्रा नेपालद्वारा आइतबार नुवाकोटको कोल्पुटारमा विश्व सम्झना दिवस  नामक कार्यक्रमको आयोजना गर्दै दर्घटनामा ज्यान गुमाएकाहरुको सम्झाना गरिएको थियो ।

कोल्पुटारको महादेव माविको प्राङ्गणबाट सडक सुरक्षासम्बन्धी प्लेकार्ड सहित विद्यार्थी एवं शिक्षकहरुको सहभागिता निस्किएको ¥याली कोल्पुटार चोकसम्म पुगेर समापन गरिएको थियो ।¥यालीपछि आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि , बिद्यालयका अध्यक्ष , प्रधानाध्यापक लगायत शिक्षकहरु , प्रहरी प्रतिनिधि , स्वास्थ्य चौकी इन्चार्ज लगायत स्थानीय समाजसेवी एवं बुद्धिजीवी हरुको आतिथ्यतामा सम्पन्न सो कार्यक्रममाविश्व सम्झना दिवसको उदेश्य एवं औचित्यको साथै सडक दुर्घटनाका कारण र न्यूनीकरणका उपायहरुका बारेमा आ–आफ्नोधारणा राखेका थिए ।

सडक दुर्घटना, त्यसका कारणहरु एवम् न्यूनिकरणमा विभिन्न निकाय तथा आम सर्वसाधरणको भूमिकाएवम् कर्तव्यको बारेमा सबै पक्ष जानकार भई आगामी दिनमा सवारी दुर्घटना न्यूनिकरणमा सक्रिय भएर लाग्न कार्यक्रमका संयोजक प्रदिप नेपालले आग्रह गर्नु भएको थियो ।

सडक दुर्घटनाबाट वर्षेनी लाखौंको ज्यान गइरहेको र नेपालको सन्दर्भमा अझैडरलाग्दो स्थिति भएको र त्यसलाई न्यूनिकरण गर्न सम्पूर्ण तहबाट विविध खालका कार्यक्रमहरु गरिरहनुपर्नेमा नेपालको जोडथियो ।

सो अवसरमा नेपालमा आर्थिक वर्ष २०७४र७५मा सडक दुर्घटनाबाट मृत्यु भएका २५४१ आत्माहरुको चिरशान्तिकोकामना गर्दै मैनबत्ती प्रज्वलन भयो। अन्तरास्ट्रिय स्तरमा नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने यो कार्यक्रम सुरक्षित रदिगो यात्रा नेपालद्वारा देशैभर सात प्रदेशमा १० ठाँउमा आयोजना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया