श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अभिनेत्री जान्हवी कपूर अभिनीत ‘देवरा’ को दोस्रो गीत ‘धीरे धीरे’ सार्वजनिक (भिडियो)

फिल्ममा एनटिआर र जान्हवीसँगै श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खानलगायत कलाकारको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर र अभिनेत्री जान्हवी कपूर अभिनीत फिल्म ‘देवरा’ को दोस्रो गीत सार्वजनिक भएको छ।

सोमबार टि-सिरिज युट्युब च्यानलमार्फत सोमबार ‘धीरे धीरे’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा जुनियर एनटिआर र जान्हवीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

यो गीत हिन्दीसँगै तेलुगु, मलयालम र कन्नड भाषामा सार्वजनिक गरिएको छ। हिन्दी भाषामा शिल्पा राव र अनिरूद्धले स्वर दिएका छन्।

फिल्ममा एनटिआर र जान्हवीसँगै श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खानलगायत कलाकारको अभिनय छ। यसै फिल्मबाट जान्हवीले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्न लागेकी हुन्।

यो फिल्म २७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया