कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अजय देवगन ‘अरों मे कहाँ दम था’ सुपर फ्लप

भारतमा धेरै शहरमा भएको वर्षाले चलचित्रको व्यापारमा धेरै प्रभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई । बलिउड अभिनेता अजय देवगनले आफ्नो चलचित्र ‘अरों मे कहाँ दम था’ ब्यबसायिक रुपमा असफल भएको स्विकारेका छन् । यो साता निरन्तर मनसुनका कारण भारतमा धेरै शहरमा भएको वर्षाले चलचित्रको व्यापारमा धेरै प्रभाव परेको यी कलाकारले बताएका छन् । गणतन्त्र दिवसको अबसर पारेर उनको चलचित्र गत शुक्रबार रिलिज भएको थियो ।

यो चलचित्रमा अजय देवगनसँग अभिनेत्री तब्बु जोडी बनेकी थिईन् । चलचित्रको मुख्य भूमिकामा तब्बुलाई यो चलचित्रमा पनि दर्शकले साथ दिएनन् । यी दुबैको यो चलचित्र सुपर फ्लप भएको छ ।

चलचित्र ‘अरों मे कहाँ दम था’को पहिलो दिन शुक्रबार १ करोड ८५ लाख करोड ब्यापार भएको थियो । चलचित्रले पहिलो दिन ६ करोड भन्दा बढीको कलेक्सन गर्ने आशा अजयको थियो । तर व्यापार न्युन भयो । तथापि दोश्रो दिन २ करोड १५ लाख र तेश्रो दिन २ करोड ७५ लाख कमाएको यो चलचित्रको चौथो दिनबाट व्यापार झरेको हो । यसरी यो चलचित्रले पहिलो साता जम्मा ८ करोड मात्र व्यापार ग¥यो । यसरी अजयको यो चलचित्र पूर्ण असफल भएको छ ।

यो चलिचत्रसँगै हलिउडको चलचित्र ‘डेडपुल एन्ड ओल्भराईन’ पनि भारतमा रिलिज भएको थियो । यो चलचित्र निकै राम्रो चलेको छ । यसरी हलिउडको यो चलचित्रले भारतमा एक सातमा १०७ करोडको व्यापार गरेको छ । यो चलचित्रले सँगै रिलिज भएको अजय देवगनको चलचित्र ‘अरों मे कहाँ दम था’ र अभिनेत्री जान्हवी कपूरको चलचित्र ‘उलाझ’ पनि रिलिज भएको थियो ।

जान्हवीको यो चलचित्रले पहिलो सातामा ८ करोड ५० लाख व्यापार गरेको छ । यो चलचित्र पनि व्यबसायिक रुपमा असफल भएको छ । यसरी बलिउडमा गएको साता रिलिज भएको दुबै हिन्दी चलचित्र असफल भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार