असार २, २०८३ मंगलबार June 16, 2026

महिलाहरुलाई साना स्तन हुनुका फाईदा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बक्षस्थल महिलाको सुन्दरता र शरीरलाई कलात्मक बनाई दिएको छ ।

त्यसैले हरेक पुरुषको पहिलो नजर पहिला स्तनमा नै पर्दछ । महिलाहरुको शरिरका आकर्षक अंगहरु मध्ये स्तन एक प्रमुख अंग हो । शरीरको बनावट अनुसार महिलाहरुका स्तनका साइज हुन्छन जसले उनीहरुलाई सुन्दर देखाउछन ।

महिलाहरुको अन्य अङ्गको तुलनामा स्तनको चर्चा धेरै हुने गरेको पाइन्छ । स्वयम् महिलाहरु पनि आफ्नो स्तनको आकारप्रति अत्यधिक सचेत हुन्छन् । उनीहरु आफ्नो स्तनको आकार ठूलो वा सानो भयो भनेर निकै नै चिन्ता र चासो व्यक्त गरिरहेको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार केही महिलाहरु आफ्नो स्तनको आकार सानो भयो भनेर निक्कै तनावमा हुन्छन् । तर सानो स्तन भएर बेफाइदा भन्दा पनि फाइदा नै हुन्छ ।

साना स्तन हुनुका फाइदाहरु :

-साना स्तन हुनेहरुलाई बुब्स लिफ्टिङ टेप वा यस्तै स्तनलाई रिसाइज गर्ने साधनको जरुरत नै पदैन ।

– तपाई लोकट टप्स लगाएर मज्जाले बस्न वा सार्वजनिक स्थलमा जान सक्नु हुन्छ । ‘क्लिवेज लुकको लागि पनि तपाईले कुनै चिन्ता लिनु पर्ने हुँदैन ।

-सार्वजनिक स्थल वा यस्तै स्थानमा साना स्तन हुने तपाईले छेडछाड वा हिंसाको सिकार कम हुनु पर्दछ । प्राय जसो ठूला स्तन हुने महिलाहरु सार्वजनिक स्थलमा पुरुषबाट बढि पिडित हुने गरेको अध्ययनले देखाएको छ ।

-तपाई ठूला स्तन भएकी महिला भन्दा केही छिटो छरितो गर्न सक्नुहुन्छ, भिडभाड अथवा अकालो ओरालो गदर्मा तपाईलमाई झण्झट नहुन सक्छ ।

-तपाई ठूला स्तन हुनेभन्दा धेरै आनन्दले सुत्न र मिठो निन्द्रा पाउन सक्नु हुन्छ । भियना विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार साना स्तन हुने महिलाको तुलनामा ठूला स्तन हुने महिलाहरु सुत्ने कुरामा २४ प्रतिशत कम संवेदनशिल हुन्छन् ।

-ठूला स्तन हुने अधिकांश महिलालाई ढाड दुख्ने समस्या हुन्छ तर साना स्तन हुने महिलाले यो दर्द कम मात्रै अनुभव गर्न पाउँछन् ।

-स्तन सानो भएमा तपाई ब्रा नलगाई पनि घर बाहिर निस्कन सक्नु हुन्छ । ब्रा नलगाउँदा पनि सार्वजनिक स्थानमा तपाईलाई कसैले नोटिस गर्दैन ।

-स्तन सानो भएमा स्तन धेरै गिला हुने र झोलिने अथवा हल्लिने चिन्ता हुँदैन ।

– ठूला स्तन हुने महिलाको तुलनामा साना स्तन हुने महिलाहरु कपडाको छनौटमा कम सचेत बन्दा पनि हुन्छ ।

स्तनलाई कसरी आकर्षक बनाउने ?

जबकी महिला सौन्दर्यकै एक हिस्सा हो स्तन । त्यसैले अनाकर्षक स्तनले समग्र सौन्दर्यमा असर गर्छ । गर्भावस्था, हर्मोनको उतारचढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया नै हो ।

यद्यपि स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ । कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ । सर्जिकल विकल्प पनि उपलब्ध छ । यद्यपी सबैभन्दा राम्रो विकल्प हो, प्राकृतिक तरिका । प्राकृतिक विधीबाट स्तन सुडौल बनाउन सकिन्छ यो प्रभावकारी पनि हुन्छ ।

उन्नत र पुष्ट स्तनका लागि स्वास्थ्य पनि राम्रो हुनुपर्छ । शरीरलाई सहि पोश्चरमा राख्नुपर्छ । पोष्टिक भोजन नियमिन रुपले लिनुपर्छ । पुरा निन्द्रा लिनुपर्छ । मानसिक रुपले शान्त रहेर खुसी हुने प्रयास गर्नुपर्छ । यसका साथै हातले गर्ने काम गर्नुपर्छ, जसले स्तनको व्यायाम हुन्छ । स्तनको मसाज गर्नुपर्छ । यसले अविकसित वा सिथिल स्तन पुष्ट हुन्छ ।

स्तनलाई आकर्षक बनाउनका लागि केहि व्यायाम वा योगासन हुन्छ । त्यस्ता व्यायामलाई विधिपूर्वक अभ्यास गर्नुपर्छ । पुशअप जस्ता व्यायामले छाती कसिलो र आकर्षक बनाउन सकिन्छ । यससँगै उचित साइजको ब्रा लगाउनुपर्छ । ब्रा को साइज सही हुनुपर्छ । जगिङ जस्तो व्यायाम गर्दा स्तन झोलिने हुन्छ यस्तो बेला स्पोर्ट्स -ब्रा लगाउनुपर्छ ।

स्तन कसरी मसाज गर्ने ?

– एउटा हातको हत्केला स्तनको तल राख्ने । स्तनलाई हातमा राख्न दिने र अर्को हातलाई स्तनको माथि राखि दुबै हातले गोलाकार घुमाउँदै माथिको हात तल र तलको हात माथि राखेर मालिस गर्ने ।

कसरी रोक्ने सिथिलता ?

यसका लागि प्राकृतिक उपाय छ । जस्तो कि, योग, व्यायाम, मसाज । स्तनलाई सुडौल बनाउने आफ्नै किसिमको व्यायाम हुन्छ ।

१. व्यायाम गर्नुअघि स्पोर्टस् -ब्रा लगाउनुपर्छ, जसले प्रत्येक जम्प वा स्टेपमा स्तनलाई कसिलो बनाउँछ ।

२. पिठ्युको बलले सुत्नुपर्छ, यसले स्तनको मांसपेशीलाई लाई कसिलो बनाइराख्छ ।

३. शरीरको मोटोपन घटबढ, हर्मोनल परिवर्तन आदि कारणले स्तन ठूलो वा सानो हुनसक्छ । त्यसैले यस्तो अवस्थामा सहि किसिमको ब्रा लगाउनुपर्छ ।

४. स्तनमा चिसो पानी अर्थात बरफले र गड्नुपर्छ, जसले यसलाई सिथिल हुनबाट बचाउँछ ।

५. छातीको मांसपेशीलाई बलियो बनाउनुपर्छ । यसका लागि पुशअप राम्रो उपाय हो । नियमित रुपले पुशअप गरौं । सुरुमा धिमा गतिमा र विस्तारै तिव्र गतिमा पुशअप गर्नुपर्छ ।

६. उत्तानो परेर सुत्ने । दुबै हातमा डेढदेखि पाँच किलोसम्मको तौल (भार) लिएर उठाउने र राख्ने अभ्यास गरौं । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार