कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

रजनी गुरुङको ‘साँच्चै भन त’ बोलको म्युजिक भिडियो सार्वजनिक

भिडियोमा रजनीसँगै कलाकार पल शाह र विजय पुनको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेत्री तथा मोडल रजनी गुरुङको ‘साँच्चै भन त’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बुधबार उनको आफ्नै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो।

‘मंगली’ उपनामले परिचित रजनीले यसपटक आफ्नै प्रस्तुति रहेको भिडियोमार्फत दर्शकमाझ उपस्थित भएकी हुन्। गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वरले थप सौन्दर्य प्रदान गरेको छ भने शिव हमालले शब्द र संगीत तयार पारेका छन्।

भिडियोमा रजनीसँगै कलाकार पल शाह र विजय पुनले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गरेका हुन्।

रजनी गुरूङले यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘मट्टीमाला’, ‘साली कसको भेनाको’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन्।

यस्तै, ‘कहाँको साइनो’, ‘सोल्टी बजार’ जस्ता चर्चित गीतमा पनि उनको अभिनय देख्न पाइन्छ। विशेष गरी, हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘मंगली’ पात्रको भूमिकामा देखिँदै उनले दर्शकहरूबीच आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्।

रजनीले पहिलो पटक आफ्नै प्रस्तुति रहेको गीत ल्याउँदा उत्साहित भएको बताएकी छन्। “यो गीत फरक शैलीको भए पनि मौलिक छ, र दर्शकहरूले यसलाई मन पराउने विश्वास छ,” उनले भनिन्।

कलाकारीताको लामो यात्रामा मंगलीको भूमिकामार्फत दर्शकहरूको मन जित्दै आएकी रजनीले यसपटकको भिडियो पनि सफल हुने अपेक्षा व्यक्त गरेकी छिन्।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार