असार १४, २०८३ आइतबार June 28, 2026

उत्तर कोरियाली शासक किमको स्मृतिसभामा प्रमुख अतिथि माधवकुमार नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन् । काठमाडौंमा उत्तर कोरियाको दूताबास त छ तर सामान्य कूटनीतिक सम्बन्धबाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन् ।

नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल भने उत्तर कोरियाली तत्कालिन शासक किम इल सुङको स्मृतिसभामा प्रमुख अतिथि बनेर सोमबार दूताबास गए । ललितपुरको झम्सिखेलस्थित उत्तर कोरियाली दूताबासको सभाहलमा स्मृतिसभा राखिएको थियो ।

उत्तर कोरियाका तत्कालिन नेता किम इल सुङको सन् १९९४ जुलाई ८ मा निधन भएको थियो । उनी सन् १९९२ अप्रिल १५ मा जन्मिएका थिए ।

स्मृतिसभामा नेकपा बरिष्ठ नेता नेपालले सुङले उत्तर कोरिया निर्माणमा खेलेको भूमिकाको चर्चा गरेका थिए । उनले उत्तर कोरिया र नेपालको सम्बन्ध एवं इतिहासबारे आफ्नो धारणा राखेका थिए । अन्नपूर्णपोष्ट दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया