कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टिः डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपालमा सोमवार थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत निको भएका छन् ।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कुल पीसीआर परीक्षण २ लाख ८९ हजार ३७१ पुगेको छ भने कुल डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

देशका  विभिन्न भागका क्वारेन्टाइनमा २३ हजार ४७० जना रहेका छन् । त्यस्तै आईसोलेशनमा ६ हजार ६१३ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार