असोज २६, २०८३ सोमबार October 12, 2026

प्रेस काउन्सिलले दसैं बिदामा पनि सञ्चार माध्यमलाई नियमन गर्ने

काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः प्रेस काउन्सिल नेपालले दसैंको बिदामा समेत सञ्चारमाध्यमको नियमनलाई निरन्तर दिने भएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दसैं बिदाको समयमा आएका उजुरी, गुनासाहरूमा अनुगमन र सुनुवाई हुने जानकारी गराएको हो ।

सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।

चाडपर्वहरूले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम् भूमिका हुने काउन्सिलले जनाएको छ ।

चाडपर्वका समयमा पनि सदाझैँ सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतंकलाई प्रशय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले बिदाको अवधिमा समेत नियमनको काम जारी राख्ने निर्णय गरेको जानकारी दिए ।

काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित, वैयक्तिक गोपनीयता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चारकर्मी, आम पत्रकार एवं सञ्चार माध्यमअन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई आग्रहसमेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नवरात्रको दोस्रो दिन: शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको लर्को
२०८३ असोज २६, सोमबार
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
२०८३ असोज २६, सोमबार
कर्णालीमा बेरुजु घटाउन मुख्यमन्त्री शाहीको निर्देशन
२०८३ असोज २६, सोमबार
बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
२०८३ असोज २६, सोमबार
साउदी अरेबियाका दुई विमानस्थलमा हुथीको आक्रमण, एक पाकिस्तानीसहित १३ जनाको मृत्यु
२०८३ असोज २६, सोमबार
रूस र युक्रेन ‘ऊर्जा युद्धविराम’का लागि सहमत भएको ट्रम्पको दाबी
२०८३ असोज २६, सोमबार
विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८३ असोज २६, सोमबार