श्रावण १७, २०८३ आइतबार August 2, 2026

नेपालमा थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि- एकैदिन चार जिल्ला सङ्क्रमित मुक्त घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा बुधबार थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण गर्दा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १ सय ७७ पुगेको छ । संक्रमित मध्ये ६ हजार १ सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. गौतमका अनुसार आज देखिएका सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी (पूर्व)मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनँहु, सल्यान र दैलेखमा तीन-तीन जना रहेका छन् ।

यस्तै डडेल्धुरा, जुम्ला र सल्यानमा दुई-दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक-एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आजै देखिएका सङ्क्रमितध्ये प्रदेश तहमा प्रदेश नं.१ मा तीन, प्रदेश नंं २ मा २४, वाग्मतीमा १८, गण्डकीमा २७, प्रदेश नंं ५ मा एक, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा तीन छन् । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट सङ्क्रमित मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६९७ रहेको छ ।

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको उनले बताए । डिस्चार्ज हुनेको सङ्ख्या कूल सङ्क्रमितको ६४.२ प्रतिशत हो ।आज मात्र भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला सङ्क्रमित मुक्त जिल्ला भएका हुन् । अहिले २४ हजार ५२७ जना क्वारेन्टिनमा र ६ हजार ११३ जना आइसोलेशनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार