कार्तिक ४, २०८३ बुधबार October 21, 2026

नेपालमा थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि- एकैदिन चार जिल्ला सङ्क्रमित मुक्त घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमा बुधबार थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण गर्दा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १ सय ७७ पुगेको छ । संक्रमित मध्ये ६ हजार १ सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. गौतमका अनुसार आज देखिएका सङ्क्रमितमध्ये सुर्खेतमा २८, सप्तरीमा १३, नवलपरासी (पूर्व)मा ११, म्याग्दीमा नौ, चितवनमा आठ, काठमाडौँमा सात, धनुषामा छ, रौतहटमा पाँच तथा कास्की, तनँहु, सल्यान र दैलेखमा तीन-तीन जना रहेका छन् ।

यस्तै डडेल्धुरा, जुम्ला र सल्यानमा दुई-दुई जना तथा धनकुटा, मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाञ्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एक-एक जनामा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आजै देखिएका सङ्क्रमितध्ये प्रदेश तहमा प्रदेश नं.१ मा तीन, प्रदेश नंं २ मा २४, वाग्मतीमा १८, गण्डकीमा २७, प्रदेश नंं ५ मा एक, कर्णालीमा ४० र सुदूरपश्चिम प्रदेशमा तीन छन् । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट सङ्क्रमित मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६९७ रहेको छ ।

हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको उनले बताए । डिस्चार्ज हुनेको सङ्ख्या कूल सङ्क्रमितको ६४.२ प्रतिशत हो ।आज मात्र भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला सङ्क्रमित मुक्त जिल्ला भएका हुन् । अहिले २४ हजार ५२७ जना क्वारेन्टिनमा र ६ हजार ११३ जना आइसोलेशनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्र शाहले सादगीपूर्वक दसैँ मनाउने
२०८३ कार्तिक ३, मंगलबार
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर
२०८३ कार्तिक ३, मंगलबार