कार्तिक ४, २०८३ बुधबार October 21, 2026

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७५/७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताइन् ।

आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वास व्यक्त गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ले पेनको प्रशंसा
२०८३ कार्तिक ४, बुधबार
परिवार र दाजुभाइसँगै विजयादशमी मनाउन सपही पुगे पूर्वराष्ट्रपति यादव
२०८३ कार्तिक ४, बुधबार
बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
२०८३ कार्तिक ४, बुधबार
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
२०८३ कार्तिक ४, बुधबार
पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान
२०८३ कार्तिक ४, बुधबार
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस्ः सभापति लामिछाने
२०८३ कार्तिक ४, बुधबार
President Paudel receives Dashain tika
२०८३ कार्तिक ४, बुधबार