जेठ २२, २०८३ शुक्रबार June 5, 2026

उपत्यकामा ४ हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाण्डौं उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड-१९ को सङ्क्रमण छ वा छैन भनेर भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिको परीक्षण गरेको हो ।

ती तीन जनामध्ये दुई जना बाहिर मुलुकबाट आएका व्यक्ति हुन् । पाँच हजारमा गरिएको नमूना परीक्षणमध्ये ८०० जनाको नतिजा आउन बाँकी छ । केही दिन यता बाहिर जिल्लामा सङ्क्रमण दर घटे पनि उपत्यकामा सङ्क्रमित बढेपछि महाशाखाले उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा परीक्षण गरेको हो ।

‘‘हामीले उपत्यकामा समुदायस्तरमा नै सङ्क्रमण छ वा छैन भनेर पाँच हजार व्यक्तिमा परीक्षण गरेका थियौँ’’ उहाँले भन्नुभयो, ‘‘तर चार हजारको नतिजा आउँदा तीन जनामा मात्र सङ्क्रमण देखियो । यसले उपत्यकाको समुदायमा सङ्क्रमण छैन भन्ने देखाउँछ ।’’ उहाँले अहिलेको नतिजाले उपत्यकाको समुदायमा सङ्क्रमण नआउने भन्ने नमिल्ने भन्दै सचेत रहन सबैमा आग्रह गर्नुभयो ।

गत बिहीबारदेखि महाशाखाले उपत्यकाका बैंक, यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, अस्पतलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

महाशाखाले उपत्यकाका तीनै जिल्लाका ती ठाउँमा गएर एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरेको थियो । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाका डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो ।

अहिलेसम्म उपत्यकामा ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्र काठमाडौँ जिल्लामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना भाइरस सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको छ । सीसीएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गरिरहेको छ ।

नेपालमा अहिलेसम्म तीन लाख तीन हजार ८१० को पीसीआर परीक्षण गर्दा १७ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ११ हजार २४९ जना सङ्क्रमण मुक्त भई घर फर्किसकेका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार