श्रावण १७, २०८३ आइतबार August 2, 2026

प्रचण्ड-नेपालले फेरी मागे प्रधानमन्त्रीको राजिनामाः दुवै पदबाट राजीनामा नदिने ओलीको अडान कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिन माग गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

पार्टीभित्रको विवाद सुल्झाउने र साउन २ गते नेकपा स्थायी कमिटी बैठक शुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासका लागि तीन शीर्ष नेताबीच आज छलफल भएको थियो ।

सोही छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई सुझाएका हुन् । बालुवाटार स्रोतका अनुसार ओलीले दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । दुवै समूहले आआफ्ना अडान कायम राखेपछि छलफल निष्कर्षविहीन भएको छ ।

आजको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । महासचिव पौडेलले छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको बताएका छन् । साथै भोलि (शुक्रबार) बस्ने स्थायी कमिटी बैठक स्थगित नगर्ने सहमति पनि छलफलमा भएको छ ।

मंगलबार र बुधबार ओलीसँग भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार दाहालले नेपाललाई पनि छलफलका लागि लगेका थिए । दाहाल र नेपाल बालुवाटार जानुअघि दाहाल निवास खुमलटारमा ओली समूहका सचिवालयका ६ नेताको बैठक बसेको थियो ।

१० असारबाट जारी स्थायी कमिटी बैठकमा प्रचण्ड र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहो-यारहेका छन् ।

बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको एकल नेतृत्व लिन आग्रह दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहाल–नेपाल समूह तत्काल ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने पक्षमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार