असोज १४, २०८३ बुधबार September 30, 2026

लायन्स डिस्ट्रिक्ट “के” नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको दोस्रो क्याविनेट मिटिङ पोखरामा शुरु भएको छ ।

नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्ट मध्य निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङ पर्यटकीय सुन्दर नगरी पोखरास्थित सेन्ट्रल भिल्ला चाउथेमा शुक्रबारबाट शुरु भएको हो ।

डिस्ट्रिक्ट अन्तर्गतका लायन्स प्रतिनिधीहरुले क्याविनेट मिटिङको आजको पहिलो दिन बिजनेस सेसनमा सहभागी भएर आआफ्नो रिपोर्टिंग गर्ने कार्यसुची रहेको छ ।

डिष्ट्रिक्ट ३२५ के नेपालकी डिष्ट्रिक्ट गभर्नर निरा बज्राचार्यको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रीय निर्देशक बालकृष्ण बुर्लाकोटी, पिडीजीद्वय दीपक श्रेष्ठ, राजेन्द्र कुमार बाटाजु, प्रथम भाईस डिस्ट्रिक्ट गर्भनर दुर्गा प्रसाद हुमागाँई, द्वितीय भाईस गर्भनर रमेश अधिकारी, क्याबिनेट सेक्रेटरी महा प्रसाद अधिकारी, क्याबिनेट ट्रेजरर हसन कुमार गोपाली, डिस्ट्रिक्ट चिफ एडभाईजर बिष्णुहरी फुँयाल लगायतको आतिथ्यता रहेको छ ।

क्याविनेट मिटिङमा, क्याविनेटका विभिन्न विभागिय प्रमुखहरु, कलस्टर चिफ, रिजन, जोन चियरपर्सन लगायतका क्याविनेट अफिसर्सहरुको उपस्थिति रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार