श्रावण १७, २०८३ आइतबार August 2, 2026

विहिबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टिः २१३ जना कोरोना मुक्त भएर घर फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ।

आज ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन्।

प्रवक्ता गौतमका अनुसार योसँगै नोपलमा कोरोना मुक्त हुनेको संख्या ११ हजार २४९ पुगेको छ। क्वारेन्टिनमा २३ हजार ५ सय रहेको उनले जानकारी दिए।

अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको ज्यान गएको प्रवक्ता गौतमले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार