माघ २४, २०८२ शनिबार February 7, 2026

लाकुरीभञ्ज्याङ प्रहरी चौकीमा गोली काण्ड छानबिन गर्न समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रहरीले महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङमा गोली चलेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयले आज महानरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो ।

कार्यालय प्रमुख सुत्ने कोठामा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ शुक्रबार राति गोली लागेर घाइते भएका थिए । दोलखाको बैतेश्वर गाउँपालिका–२ गैरीमुदी घर भएका २२ वर्षीय प्रहरी जवान श्रेष्ठ एकै गाउँको साथी रहेका उक्त प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न गएका थिए ।

प्रहरी सहायक निरीक्षक तामाङले पेस्तोलबाट गोली अनलोड गर्ने क्रममा अकस्मात पड्कन जाँदा प्रहरी जवान श्रेष्ठको बायाँ गालामा गोली लागेको बताइएको छ ।

गोली लागि घाइते भएका श्रेष्ठको इमाडोलस्थित किष्ट अस्पतालमा प्रारम्भिक उपचारपश्चात महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक तामाङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज शनिबार, शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् राशिफल
२०८२ माघ २४, शनिबार
सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला
२०८२ माघ २४, शनिबार
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना
२०८२ माघ २४, शनिबार
झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि
२०८२ माघ २३, शुक्रबार
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
२०८२ माघ २३, शुक्रबार
प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण छः पूर्वराष्ट्रपति डा यादव
२०८२ माघ २३, शुक्रबार
निर्माणाधिन संसद भवनको काम समयमै सक्न अध्यक्ष दाहालको निर्देशन
२०८२ माघ २३, शुक्रबार