श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

७ करोड भन्दा बढी ठगी गरेर फरार युवक गठ्ठाघरबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभिन्न बहानामा सात करोड भन्दा बढी ठगी गरेर फरार रहेका एक ब्यक्ति पक्राउ परेका छन् । 

ठगीको मुद्दा दर्ता भएपछि भागिरहेका झापाको दमक नगरपालिका- ७ कृष्णमन्दिरका मनिष अग्रवाल भनेर चिनिने चन्दन जिन्दल पक्राउ परेका हुन् ।

झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरुलाई विभिन्न बहानामा ठगी गरेर भागिरहेका उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

जिन्दलले झापा, बारा, पर्सा र सर्लाही बस्ने २२ जनासँग सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

खाद्यान्न व्यापारीलाई विश्वासमा लिएर उधारोमा खाद्यान्न ल्याइ काठमाण्डौका व्यापारीलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया