श्रावण १६, २०८३ शनिबार August 1, 2026

कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक शुरु गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कर्णाली प्रदेश सरकारले प्रदेशमा समायोजन भई आएका कर्मचारीको वैयत्तिक विवरण अद्यावधिक गर्ने तयारी थालेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा समायोजन भइ आएका कर्मचारीको वैयक्तिक विवरण अद्यावधिकका लागि सो विवरण उपलब्ध गराइदिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रदेशका कर्मचारीको वैयत्तिक विवरण अध्यावधिक गर्नका निम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाइ नियन्त्रित पहुँच उपलब्ध गराउनसमेत अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

त्यस्तै मन्त्रालयबाट मन्त्रिपरिषद्‌मा पेश हुने कानूनी विषय जोडिएका दस्तावेजलाई कानूनीरुपले परिपक्व बनाउने सम्बन्धमा मन्त्रालयले मन्त्रिपरिषद्‌मा पेश हुने कानूनी दस्तावेज र प्रस्ताव (कानूनी विषय जोडिएका) तयार गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिवलाईसमेत अनिवार्यरुपमा सहभागी गराउने निर्णय भएको प्रवक्ता केसीले बताए ।

उनका अनुसार मन्त्रिपरिषद्को उक्त बैठकले कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ को तेस्रो सशोधन स्वीकृत गर्ने, कर्णाली प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७७ र कर्णाली प्रदेश जिन्सी मालसामान लिलाम बिक्री निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार